मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वैशाख २८ गतेबाट संघीय संसद् अधिवेशन सुरु हुने

520
SHARES
वैशाख २८ गतेबाट संघीय संसद् अधिवेशन सुरु हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को सिफारिसका आधारमा आगामी वैशाख २८ गते सोमबार दिउँसो २ः०० बजे अधिवेशन बस्ने तय गरिएको हो ।

नेपालको संविधानको धारा ९३ (१) अनुसार राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ । सोही संवैधानिक प्रावधानअनुसार सिंहदरबारस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको सूचनामा तोकिएको मिति र समयमा प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको बैठक सञ्चालन हुने उल्लेख गरिएको छ ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारले हालै विभिन्न ८ वटा अध्यादेश जारी गरेपछि ती अध्यादेशलाई संसद्मा प्रस्तुत गरी अनुमोदन गराउने उद्देश्यले अधिवेशन बोलाइएको हो ।

संसद् अधिवेशन सुरु भएसँगै ती अध्यादेशमाथि छलफल हुने, आवश्यक विधेयकहरू दर्ता गरिने तथा समसामयिक राजनीतिक विषयमा बहस हुने अपेक्षा गरिएको छ । साथै, सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटसम्बन्धी तयारीलाई पनि अधिवेशनले गति दिने विश्वास गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख २३, बुधबार ००:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP