मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वर्षासँगै देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

676
SHARES
वर्षासँगै देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

काठमाडौं । केही दिनदेखि निरन्तर भइरहेको वर्षापछि देशका विभिन्न स्थानमा पहिरो खस्दा प्रमुख राजमार्ग र सडकखण्डहरू अवरुद्ध भएका छन् । प्रहरीका अनुसार शुक्रबार बिहान मात्रै चार वटा महत्वपूर्ण सडक पूर्ण रूपमा बन्द भएका हुन् ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरमा पर्ने कान्तिलोकपथ, प्युठानको सरुमारानी गाउँपालिका–४ खहरे खोलास्थित भालुवाङ–प्युठान सडकखण्ड, मकवानपुरको भीमफेदी गाउँपालिका–८ भरेङ डाँडास्थित कान्तिलोकपथ तथा लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरे भञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पहिराका कारण पूर्ण रूपमा बन्द भएका छन् ।

प्रहरीले यसअघि वैशाख १६ गते खसेको पहिराका कारण सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ कोदारी क्षेत्रमा पर्ने अरनिको राजमार्ग अझै सञ्चालनमा आउन नसकेको जनाएको छ ।

यस्तै, वैशाख १२ गते आएको बाढीले अवरुद्ध बनाएको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग र वैशाख १६ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा पहिराले बन्द भएको बेनी–जोमसोम सडकखण्ड भने अहिले एकतर्फी सञ्चालनमा आएका छन् ।

प्रहरीले वर्षायाममा बाढी र पहिराको जोखिम उच्च रहने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख २०, आईतवार ०४:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP