मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खिजीदेम्बामा हुने बहुजातीय सांस्कृतिक प्रतियोगिताको तयारी पूरा

1.5K
SHARES
खिजीदेम्बामा हुने बहुजातीय सांस्कृतिक प्रतियोगिताको तयारी पूरा

खिजीदेम्बा (ओखलढुंगा) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा बहुजातीय पहिचान, भाषा, संस्कार र सांस्कृतिक विविधतालाई उजागर गर्ने उद्देश्यसहित आयोजना हुन लागेको जातीय झाँकी प्रतियोगिता २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । स्थानीयस्तरमै सांस्कृतिक संरक्षण र प्रवर्द्धनलाई प्राथमिकता दिँदै यो कार्यक्रमलाई सामूहिक अभियानका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ ।

खिजीदेम्बा गाउँपालिकाको आर्थिक सहयोग र नेपाल आदिवासी महासंघ समन्वय परिषद् खिजीदेम्बाको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिता चैत २८ देखि ३० गतेसम्म खिजीदेम्बास्थित खिजीफलाटेमा आयोजना गरिनेछ । कार्यक्रममा कोशी प्रदेशका भौतिक योजना मन्त्री प्रदीपकुमार सुनुवार प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय गरिएको छ, जसले कार्यक्रमको महत्वलाई थप उचाइ दिने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा विभिन्न जातीय समुदायले आफ्ना मौलिक कला, संस्कृति र परम्परालाई झल्काउने नृत्य तथा प्रस्तुति दिनेछन् । सुनुवार समुदायले ‘शाँदर शील’ नृत्य प्रस्तुत गर्नेछ भने शेर्पा समुदायले ‘स्याब्रु’ नृत्यमार्फत आफ्नो सांस्कृतिक पहिचान प्रस्तुत गर्नेछ । त्यसैगरी तामाङ समुदायले ‘डम्फु गीतमा नृत्य’, मगर समुदायले ‘मारुनी’, गुरुङ समुदायले ‘कौडा’ तथा भुजेल समुदायले ‘उधौली–उभौली’ नृत्य प्रदर्शन गर्नेछन् । नेवार समुदायको ‘लाखेरलठ्ठी नाच’ पनि कार्यक्रममा विशेष आकर्षणको रूपमा रहनेछ ।

यस प्रतियोगिताले विभिन्न समुदायबीच आपसी सद्भाव, सहकार्य र सांस्कृतिक आदान–प्रदानलाई बलियो बनाउने विश्वास लिइएको छ । स्थानीय तहमा यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनका साथै नयाँ पुस्तालाई आफ्नै मौलिक संस्कृतिप्रति जागरूक बनाउने अपेक्षा गरिएको छ ।

आयोजकका अनुसार, खिजीदेम्बालाई सांस्कृतिक विविधताको केन्द्रका रूपमा स्थापित गर्दै समृद्ध गाउँपालिका निर्माणमा यस्ता गतिविधिहरू महत्वपूर्ण हुनेछन् । प्रतियोगिताले स्थानीय कला र पहिचानलाई राष्ट्रियस्तरसम्म पुर्‍याउने अवसर सिर्जना गर्ने विश्वास समेत गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २७, शुक्रबार १५:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP