मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले ११औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान हुँदै

2.4K
SHARES
एमाले ११औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान हुँदै

काठमान्डु । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नयाँ नेतृत्व चयनका लागि आज (बुधबार) चुनाव हुने भएको छ । पटक–पटक स्थगित हुँदै आएको मतदान अन्ततः आज बिहान ८ बजेबाट सुरु हुने भएको हो ।

भृकुटीमण्डपमा जारी पार्टीको ११औँ महाधिवेशनअन्तर्गत हुने यो निर्वाचन विद्युतीय भोटिङ मेसिनमार्फत सम्पन्न गरिनेछ । मतदानको सम्पूर्ण तयारी पूरा भइसकेको र प्रतिनिधिहरूलाई तोकिएको समयमै उपस्थित हुन आग्रह गरिएको छ ।

यस निर्वाचनमा पार्टी नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । दुवै पक्षले महाधिवेशन प्रतिनिधिहरूसँग सक्रिय भेटघाट गर्दै आफ्नो पक्षमा मत मागिरहेका छन् ।

एमालेको आगामी कार्यदिशा र संगठनात्मक संरचना निर्धारण गर्ने भएकाले यो निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ । मतदानपछि आजै नतिजा सार्वजनिक गर्ने तयारी रहेको नेताहरूले बताएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २, बुधबार ००:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP