मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गृहमन्त्री सुधन गुरुङको राजीनामा, नैतिकताको आधारमा पदत्याग

260
SHARES
गृहमन्त्री सुधन गुरुङको राजीनामा, नैतिकताको आधारमा पदत्याग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन् । व्यापारी दीपक भट्टसँग सेयर लगानीसम्बन्धी उठेका प्रश्न र सार्वजनिक रूपमा भएका टिप्पणीहरूलाई ध्यानमा राख्दै उनले नैतिकताको आधारमा पद छाड्ने निर्णय गरेका हुन् ।

गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत् वक्तव्य जारी गर्दै आजकै मितिदेखि लागू हुने गरी पदत्याग गरेको जानकारी दिएका छन् । उनले हालसम्म आफूले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्दै पछिल्ला दिनमा आफ्नो शेयर लगानीबारे उठेका जिज्ञासा, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन् ।

उनका अनुसार पदभन्दा नैतिकता ठूलो हुने र जनविश्वास सबैभन्दा महत्वपूर्ण हुने भएकाले निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न आफूले राजीनामा दिएको हो । साथै, पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको उनले स्पष्ट पारेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख ९, बुधबार १०:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP