मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संविधानमाथि आँच आए सडक र सदनबाट प्रतिवाद गर्ने प्रचण्डको चेतावनी

143
SHARES
संविधानमाथि आँच आए सडक र सदनबाट प्रतिवाद गर्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र जनअधिकारमाथि कुनै प्रकारको हस्तक्षेप भए कडा प्रतिवाद गरिने बताएका छन् । शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेश समितिले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई सकारात्मक सहयोग रहने बताए । तर संविधान कमजोर बनाउने वा राष्ट्रिय हितविपरीत कदम चालिए त्यसको विरोध सडक र संसद् दुवैबाट गरिने स्पष्ट पारे ।

उनले विशेषगरी विद्यार्थी तथा कर्मचारी ट्रेड युनियनका अधिकारमाथि प्रश्न उठाउने प्रयास भइरहेको भन्दै आपत्ति जनाए । लामो संघर्ष र बलिदानबाट प्राप्त अधिकारहरूमा कुनै पनि प्रकारको कटौती स्वीकार्य नहुने उनको भनाइ थियो ।

संविधान संशोधनप्रति आफूहरू पूर्णतः विरोधी नभएको उल्लेख गर्दै उनले जनताको अधिकार थप्ने र संघीय प्रणालीलाई सुदृढ बनाउने दिशामा गरिने संशोधनमा भने सहयोग गर्ने बताए ।

यसैबीच, पछिल्लो निर्वाचन परिणाम अपेक्षाअनुसार नआएको स्वीकार्दै उनले पार्टीभित्र गम्भीर समीक्षा भइरहेको जानकारी दिए । आत्मसमीक्षा, जनतासँग पुनः जोडिने प्रयास र संगठन सुदृढीकरणमार्फत आगामी निर्वाचनमा सुधारिएको परिणाम ल्याउन सकिने उनको विश्वास छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २८, शनिबार १६:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP