मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जनआन्दोलन दिवस आज: प्रजातन्त्र पुनर्बहालीको ऐतिहासिक सम्झना

1.1K
SHARES
जनआन्दोलन दिवस आज: प्रजातन्त्र पुनर्बहालीको ऐतिहासिक सम्झना

काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । हरेक वर्ष चैत २६ गते मनाइने यो दिवसले नेपाली जनताको संघर्ष, बलिदान र लोकतान्त्रिक अधिकारप्रतिको प्रतिबद्धतालाई सम्झाउने गर्दछ ।

विसं २०४६ चैत २६ गते ३० वर्ष लामो पञ्चायती शासन व्यवस्थाको अन्त्य भई नेपालमा पुनः प्रजातन्त्र स्थापना भएको थियो । यसअघि विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था खारेज गर्दै पञ्चायती प्रणाली लागू गरेका थिए, जसले लामो समयसम्म देशको राजनीतिक दिशा निर्धारण गर्‍यो ।

नेपाली कांग्रेसको नेतृत्वमा वामपन्थी शक्तिहरूको समर्थनमा सञ्चालन गरिएको संयुक्त जनआन्दोलनले अन्ततः पञ्चायती व्यवस्थाको अन्त्य गरायो । यो आन्दोलनले नेपाली जनताको एकता र परिवर्तनको चाहनालाई स्पष्ट रूपमा प्रस्तुत गरेको थियो । आन्दोलनको सफलतासँगै देशमा बहुदलीय शासन व्यवस्था पुनःस्थापित भयो ।

कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा अघि बढेको उक्त जनआन्दोलन करिब ५० दिनसम्म चलेको थियो । विसं २०४६ फागुन ७ गतेबाट सुरु भएको आन्दोलन २००७ सालमा प्रजातन्त्र स्थापना भएको दिनको स्मरणसँग जोडिएको थियो, जसले यसको ऐतिहासिक महत्व अझ बढाएको थियो ।

आन्दोलन चर्किंदै जाँदा जनदबाब बढेपछि तत्कालीन राजा वीरेन्द्रले चैत २६ गते देशवासीका नाममा सम्बोधन गर्दै बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणा गरेका थिए । सोही घोषणासँगै नेपाल नयाँ राजनीतिक युगतर्फ अघि बढेको मानिन्छ ।

आजको दिनले लोकतन्त्र प्राप्तिका लागि गरिएको संघर्षलाई सम्मान गर्दै भावी पुस्तालाई लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण गर्न प्रेरित गर्ने सन्देश पनि दिने गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २६, बिहीबार ००:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP