मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमान: देशभर वर्षा, हिमपात र हावाहुरीको सम्भावना

260
SHARES
मौसम पूर्वानुमान: देशभर वर्षा, हिमपात र हावाहुरीको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहनेछ भने देशका बाँकी भूभागमा पनि आंशिक बदली रहने सम्भावना छ । ती प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका पहाडी र हिमाली क्षेत्रमा केही स्थानमा चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने अनुमान गरिएको छ । साथै मधेस प्रदेश र कोशी तथा बागमतीका तराई क्षेत्रमा पनि केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुनसक्ने चेतावनी दिइएको छ । यसैगरी मधेस, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका विभिन्न पहाडी तथा तराई क्षेत्रहरूमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा अन्य पहाडी र हिमाली क्षेत्रमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ । साथै तराईका केही स्थानमा पनि वर्षा हुने सम्भावना रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २५, बुधबार ००:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP