मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सभामुखमा डीपी अर्याललाई अघि सार्ने रास्वपाको सर्वसम्मत निर्णय

364
SHARES
सभामुखमा डीपी अर्याललाई अघि सार्ने रास्वपाको सर्वसम्मत निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको सभामुख पदका लागि पार्टी उपसभापति डीपी अर्याललाई औपचारिक रूपमा उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले अर्यालको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

बैठकमा पार्टी सभापति रवि लामिछानेले सभामुख पदका लागि अर्यालको नाम प्रस्ताव गरेका थिए । सभापति लामिछानेको प्रस्तावलाई उपस्थित सांसदहरूले एकमतका साथ समर्थन गरेपछि बैठकले उक्त निर्णय पारित गरेको हो । यससँगै सभामुख चयन प्रक्रियामा रास्वपाले आफ्नो स्पष्ट दाबी प्रस्तुत गरेको छ ।

रास्वपाभित्र अर्याललाई अनुभवी, संयमित र संसदीय अभ्यासमा दक्ष नेताका रूपमा हेरिने गरिन्छ । पार्टीले संसदलाई प्रभावकारी, निष्पक्ष र जनउत्तरदायी बनाउने लक्ष्यसहित उनको उम्मेदवारी अघि सारेको नेताहरूले बताएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १९, बिहीबार ११:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP