मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नयाँ जनादेशपछि संघीय संसद् अधिवेशन आजदेखि

1.5K
SHARES
नयाँ जनादेशपछि संघीय संसद् अधिवेशन आजदेखि

काठमाडौं । नेपालको संघीय संसद्को नयाँ अधिवेशन आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलोपटक बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको बैठक आज दिउँसो २ः०० बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा आयोजना गरिनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा चैत १६ गते आजका लागि संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक सञ्चालनका लागि आवश्यक सबै भौतिक, प्राविधिक, सुरक्षा तथा जनशक्ति तयारी पूरा भइसकेको छ ।

संघीय संसद्अन्तर्गतको राष्ट्रियसभा (माथिल्लो सदन) को बैठक भने संसद् सचिवालय परिसरस्थित छुट्टै कक्षमा बस्नेछ । संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संसद् अधिवेशन बोलाउनुपर्ने प्रावधान रहेको छ । निर्वाचन आयोगले चैत ५ गते अन्तिम निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा विभिन्न दलहरूको प्रतिनिधित्व रहेको छ । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ र एक स्वतन्त्र सांसद रहेका छन् ।

पहिलो बैठकको सम्भावित कार्यसूची
संघीय संसद् सचिवालयले पहिलो बैठकका लागि सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको छ । संसद्का महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको कार्यसूचीअनुसार बैठकमा आठवटा मुख्य एजेन्डामा छलफल हुने अपेक्षा गरिएको छ ।

बैठकको सुरुवातमा ज्येष्ठ सदस्य वा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ । त्यसपछि प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी जानकारी संसद्मा प्रस्तुत गरिनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १९, बिहीबार ०१:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP