मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘फेक रेस्क्यू’ प्रकरणमा थप दुई जना पक्राउ

546
SHARES
‘फेक रेस्क्यू’ प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं । पर्वतारोहण तथा पदयात्रा क्षेत्रमा देखिएको ‘फेक रेस्क्यू’ प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंहलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३१ का सिंहलाई (आज) बुधबार पक्राउ गरिएको हो भने धादिङको ज्वालामुखी गाउँपालिका–२ का तिवारीलाई मंगलबार नै नियन्त्रणमा लिइएको थियो ।

ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार यस प्रकरणमा हालसम्म ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बीमा कम्पनीका नेपालस्थित कर्मचारी तथा हेलिकोप्टर कम्पनीका शेयरधनी सञ्चालकसहित नौ जनालाई पक्राउ गरिएको छ ।

अनुसन्धानका क्रममा अभियुक्तहरूले उच्च हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका विदेशी पर्यटकलाई स्वास्थ्य समस्या परेको देखाइ झुटा उद्धार (फेक रेस्क्यू) गराएको कागजात तयार पारेर बीमा कम्पनीबाट रकम दाबी गरी गैरकानुनी आर्थिक लाभ लिएको खुल्न आएको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १३, बुधबार ०६:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP