मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जसपा नेपालद्वारा चुनावी घोषणापत्र सार्वजनिक, संविधान पुनरावलोकन आयोग गठनको प्रस्ताव

1.1K
SHARES
जसपा नेपालद्वारा चुनावी घोषणापत्र सार्वजनिक, संविधान पुनरावलोकन आयोग गठनको प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले घोषणापत्र सार्वजनिक गर्दै वर्तमान संविधानले मुलुकका समस्याको दीर्घकालीन समाधान दिन नसकेको निष्कर्ष प्रस्तुत गरेको हो ।

घोषणापत्रमा संविधानको पुनरावलोकनका लागि उच्चस्तरीय आयोग गठन आवश्यक रहेको उल्लेख गर्दै शासकीय स्वरूपमा सुधार, राष्ट्रिय पहिचानसहितको सङ्घीयता सुदृढीकरण तथा प्रादेशिक संरचनाको पुनर्संरचनामा जोड दिइएको छ । साथै न्याय प्रणालीलाई सङ्घीय ढाँचाअनुसार पुनर्गठन गर्ने, संवैधानिक निकायलाई प्रभावकारी बनाउने र जनलोकपालजस्ता नयाँ संस्थागत संयन्त्र स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

पार्टीले हालको व्यवस्था प्रशासनिक सङ्घीयतामै सीमित रहेको दाबी गर्दै विद्यमान शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा परिवर्तन नगरी सङ्घीय समाजवादी व्यवस्थाको आधार निर्माण सम्भव नहुने जनाएको छ ।

शिक्षा क्षेत्रतर्फ शिशु कक्षादेखि उच्च शिक्षासम्म एकरूप, प्रविधिमैत्री, निःशुल्क, सिपमूलक तथा गुणस्तरीय सार्वजनिक शिक्षा प्रणाली विकास गर्ने लक्ष्य घोषणापत्रमा समेटिएको छ । भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अपनाउने र २०४७ सालयता निर्वाचित जनप्रतिनिधि, प्रधानमन्त्री, मन्त्री तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता पनि पार्टीले व्यक्त गरेको छ ।

यस्तै, वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि ‘फ्रि भिसा–फ्रि टिकट’ नीति प्रभावकारी रूपमा लागू गर्ने, वैज्ञानिक भू–उपयोग तथा भूमिसुधार नीति कार्यान्वयन गर्ने, कृषि जमिनको चक्लाबन्दी र कृषिको आधुनिकीकरणमा जोड दिने योजना पनि घोषणापत्रमा उल्लेख छ ।

पार्टीले आगामी पाँच वर्षभित्र गरिबीको रेखामुनि रहेका जनसङ्ख्यालाई १० प्रतिशतमा झार्ने लक्ष्यसमेत सार्वजनिक गरेको छ ।

(पूर्णपाठ)



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १, शुक्रबार १२:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP