मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खिजीदेम्बाका केही वडामा शनिबार विद्युत् आपूर्ति बन्द हुने

1.3K
SHARES
खिजीदेम्बाका केही वडामा शनिबार विद्युत् आपूर्ति बन्द हुने

खिजीदेम्बा (ओखलढुंगा) । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत ओखलढुंगा वितरण केन्द्रले आवश्यक मर्मत तथा रुखका हाँगा काट्ने कार्यका कारण शनिबार केही क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

वितरण केन्द्रका अनुसार ११ केभी रामेछाप साँघुटार सबस्टेसनबाट वितरण हुँदै आएको लाइनअन्तर्गत पर्ने क्षेत्रमा मर्मत कार्य गर्नुपर्ने भएकाले मिति २०८२ मंसिर २ गते बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म लाइन अवरुद्ध गरिनेछ । यस अवधिमा खिजीदेम्बा गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ५ र ६ मा विद्युत् सेवा बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

निर्धारित समयभन्दा अगाडि नै काम सम्पन्न भएमा विद्युत् आपूर्ति पुनः सञ्चालन गरिने प्राधिकरणले जनाएको छ । सेवा अवरुद्ध हुँदा ग्राहकहरूमा पर्न जाने असुविधाप्रति वितरण केन्द्रले क्षमायाचना समेत गरेको छ ।

थप जानकारीका लागि प्राविधिक प्रमुख तथा खिजीदेम्बा नो–लाइटसम्बन्धी सम्पर्क नम्बरहरू सार्वजनिक गरिएको वितरण केन्द्रले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १, शुक्रबार १०:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP