मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुनचाँदी फेरि ऐतिहासिक उचाइमा, एकैदिन २० हजारभन्दा बढीले बढ्यो सुन

806
SHARES
सुनचाँदी फेरि ऐतिहासिक उचाइमा, एकैदिन २० हजारभन्दा बढीले बढ्यो सुन

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । एकैदिन २० हजार ५ सय रुपैयाँले उक्लँदै सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आज चाँदी प्रतितोला २०५ रुपैयाँले बढेर ७ हजार ५०५ रुपैयाँ पुगेको छ। हिजो चाँदी ७ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस ५ हजार ५६० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी (सेतो धातु) प्रतिऔँस १२० अमेरिकी डलरमा किनबेच भइरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १५, बिहीबार ०७:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP