मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रियसभाका १८ पदका लागि आज निर्वाचन

702
SHARES
राष्ट्रियसभाका १८ पदका लागि आज निर्वाचन

काठमाडौं । आगामी फागुन २० गतेदेखि रिक्त हुन लागेका राष्ट्रियसभाका १८ सदस्य पदका लागि आज (माघ ११ गते) निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार आइतबार बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म मतदान हुनेछ र त्यसका लागि सबै तयारी पूरा भइसकेको छ ।

कुल १८ पदमध्ये कोसी प्रदेशको खसआर्य समूहअन्तर्गत एक पदमा भने निर्वाचन नहुने भएको छ । सो पदमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी १७ पदका लागि आज मतदान हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

निर्वाचनका लागि सातै प्रदेशमा मतदानस्थल र मतदान केन्द्र तोकिएका छन् । कोशी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर (मोरङ) मा मतदान हुनेछ । मधेस प्रदेशमा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका–४ (धनुषा), बागमती प्रदेशमा भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–४ (मकवानपुर) लाई मतदान केन्द्र बनाइएको छ ।

यसैगरी गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा (कास्की), लुम्बिनी प्रदेशमा कर्मचारी मिलन केन्द्र, घोराही (दाङ), कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर (सुर्खेत) र सुदूरपश्चिम प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी (कैलाली) मा मतदान हुने तय भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख, साथै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ । आयोगका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन केही जनप्रतिनिधिले पदबाट राजीनामा दिएका कारण यसअघि निर्धारण गरिएको राष्ट्रियसभा निर्वाचनको मतभारमा केही कमी आएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ११, आईतवार ००:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP