मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा निर्वाचनः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

975
SHARES
प्रतिनिधिसभा निर्वाचनः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज (बुधबार) उजुरी दिन सकिने जानकारी दिएको छ । निर्वाचन प्रणालीअन्तर्गत दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने व्यवस्था गरिएको हो ।

आयोगका अनुसार प्राप्त उजुरी तथा उम्मेदवारी पत्रमाथि जाँचबुझ गरी आवश्यक निर्णय माघ ८ गते साँझ ५ः०० बजेसम्म सम्पन्न गरिनेछ । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

निर्वाचन तालिकाअनुसार माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । त्यसै दिन दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्म अन्तिम नामावली सार्वजनिक गरिनेछ भने दिउँसो ४ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फको मनोनयन दर्ता कार्यक्रम मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ ।

आयोगका अनुसार कुल २ हजार ९२५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये ३३६ जना महिला र २ हजार ५८९ जना पुरुष उम्मेदवार रहेका छन् ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारमध्ये ८५ जना अपाङ्गता भएका व्यक्ति र १३८ जना पिछडिएको क्षेत्रबाट रहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ७, बुधबार ००:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP