मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पुसमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ५ प्रतिशतभन्दा तल, १३ बैंकले घटाए दर

1.1K
SHARES
पुसमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ५ प्रतिशतभन्दा तल, १३ बैंकले घटाए दर

काठमान्डु । पुस महिनाका लागि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । एक दर्जनभन्दा बढी बैंकले अधिकतम ब्याजदर घटाएपछि व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ ।

बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशतमा सीमित भएको छ । मंसिर महिनामा यो दर ५.०४०५ प्रतिशत रहेको थियो । यस आधारमा औसत ब्याजदर ०.२०६५ प्रतिशतबिन्दुले घटेको देखिन्छ ।

यस अवधिमा १३ वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान रूपमा ०.५ प्रतिशतबिन्दुले ब्याजदर घटाएका छन् । प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशत तथा कुमारी बैंकले ०.३८ प्रतिशतबिन्दुले ब्याजदर घटाएको छ ।

यता, सात वाणिज्य बैंक— सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एशिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंकले भने मंसिर महिनाकै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन्।

पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपतर्फ ग्लोवल आइएमई बैंक र हिमालयन बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याज दिने भएका छन् । सबैभन्दा न्यून ब्याजदर भने प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशतमा कायम गरेको छ ।

यसैगरी, संस्थागत मुद्दति निक्षेपको हकमा पनि पुस महिनामा अधिकतम औसत ब्याजदर मंसिरको तुलनामा ०.१३ प्रतिशतबिन्दुले घटेको छ । पुसका लागि पाँच वाणिज्य बैंकले संस्थागत मुद्दतिको ब्याजदर घटाएका छन् भने बाँकी १५ बैंकले अघिल्लो महिनाकै दरलाई यथावत् राखेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २९, सोमबार ०५:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP