मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा चुनाव तयारी तीव्र बनाउन नेकपाको निर्देशन, सबै दलसँग संवाद बढाउने

1.3K
SHARES
प्रतिनिधिसभा चुनाव तयारी तीव्र बनाउन नेकपाको निर्देशन, सबै दलसँग संवाद बढाउने

काठमान्डु । आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मुलुकभर चुनावी माहोल निर्माण गर्न व्यापक पहल अघि बढाएको छ । पार्टीले शुक्रबार अपारपार्टी निर्देश (अपानि) जारी गर्दै स्थानीयदेखि केन्द्रसम्मका सबै तहमा राजनीतिक दलहरूसँग छलफल, संवाद र सहकार्य गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको हो ।

निर्देशनमा चुनावको समग्र वातावरण बनाउने उद्देश्यले ‘बैठक, वार्ता र छलफलमार्फत सबै दल तथा सरोकारवाला क्षेत्रमा तालमेल बढाउन’ आग्रह गरिएको छ । यससँगै सञ्चारकर्मी, बौद्धिक व्यक्ति, व्यवसायी तथा नागरिक समाजसँग समेत निर्वाचनसम्बन्धी अन्तरक्रिया सञ्चालन गर्न भनिएको छ ।

पार्टीले सरकारले गरेको जनमुखी काम र भ्रष्टाचार विरोधी पहलहरूलाई जनतामाझ प्रवर्द्धन गर्न तथा कुशासन र बेथितिका घटनाहरूको तथ्य संकलन गर्न पनि आफ्ना संरचना सक्रिय गरिने उल्लेख गरेको छ । संयोजक पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेको निर्देशनमा भ्रष्टाचार, अनियमितता र विकास रोकिएका उदाहरूको तथ्यगत प्रतिवेदन तयार गर्न पार्टी कार्यकर्तालाई आह्वान गरिएको छ ।

अपानिअनुसार, मतदाता शिक्षा, तालिम र गोष्ठी कार्यक्रम सञ्चालन गर्दै पार्टी तथा जनवर्गीय संगठनहरूलाई निर्वाचन केन्द्रीत गतिविधि सञ्चालन गर्न निर्देशन छ। साथै, ‘‘तारा’ चुनाव चिह्नलाई विभिन्न माध्यममार्फत आम जनतामा पहुँच पुग्नेगरी प्रचार गर्न बताइएको छ ।

पार्टीले शान्तिपूर्ण, स्वतन्त्र र भयरहित वातावरणमा निर्धारित मितिमै निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिँदै वर्तमान राजनीतिक सङ्कट समाधानका लागि निर्वाचन अपरिहार्य रहेको धारणा जनाएको छ ।

अपानिमा भनिएको छ, “यतिवेलाको राष्ट्रिय संकटबाट देशलाई निकास दिन, संघीय लोकतान्त्रिक गणतन्त्रलगायत जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्न र संविधानलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउन, संविधान संशोधनका माध्यमबाट जेन–जी पुस्ताको भावनासहित जनताका अग्रगामी एजेण्डा सम्बोधन गर्न र सामाजिक न्याय, सुशासन, समृद्धि र समाजवादका आधार निर्माण गर्न पनि निर्वाचन अपरिहार्य छ ।”



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २०, शनिबार ०७:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP