मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनपीएल सिजन–२: पोखरा एभेन्जर्सको पहिलो जित, जनकपुरको तेस्रो हार

2.9K
SHARES
एनपीएल सिजन–२: पोखरा एभेन्जर्सको पहिलो जित, जनकपुरको तेस्रो हार

काठमान्डु । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुमीत वर्माको उत्कृष्ट ब्याटिङ र विपीन खत्रीको चम्किलो बलिङको सहाराले पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

यस जितसँगै पोखराले यसअघिका दुई हारपछि अन्ततः आफ्नो जितविहीन सिलसिला तोडेको हो । अर्कोतर्फ, साबिक विजेता जनकपुरको भने हारको यात्रा निरन्तर रह्यो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य बनायो । सुमीत वर्माले ५० रन (२९ बल, २ चौका, ४ छक्का), दिनेश खरेलले ३८ रन, एडम रोसिंगटनले २४ रन र तिर्थराज दाशले २९ रन योगदान दिए ।

पोखराले पहिलो विकेटका लागि दिनेश र एडमले ६१ रनको साझेदारी गरे । तर ८ ओभरपछि पोखराले छोटो अन्तरमा लगातार विकेट गुमाउँदै लय बिगार्यो । पछि सुमीत र तिर्थले पारी सम्हाल्दै अन्ततः राम्रो स्कोर उभ्याए ।

१६५ रनको लक्ष्य पछ्याउन आएका जनकपुरका ओपनरहरू पहिलो ओभरमै पेभिलियन फर्के । आशिफ शेख (डक आउट), शुभ कंशकार पनि त्यही ओभरमा आउट भए । यही कमजोर सुरुआतपछि जनकपुर पारीभर लय समाउन सकेन र २० ओभरमा ९ विकेट गुमाई १३० रनमै सीमित रह्यो ।

जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले २५ रन (२० बल, २ चौका, १ छक्का) र माज सदाकतले १४ रनको योगदान रह्यो ।

पोखराका बलर विपीन खत्रीले सुरुआती क्षणमै जनकपुरलाई धरासयी बनाए । उनले चार ओभर बलिङ गर्दै १५ रन खर्चेर ४ विकेट लिए । उनले आशिफ शेख, अनिश शाह, शुभ कंशकार जस्ता महत्वपूर्ण शीर्षक्रमका ब्याटरलाई आउट गर्दै जनकपुरको पारी भत्काए ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ११, बिहीबार १३:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP