मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जनकपुरविरुद्ध विराटनगर किंग्सको रोमाञ्चक जित

2.4K
SHARES
जनकपुरविरुद्ध विराटनगर किंग्सको रोमाञ्चक जित

काठमान्डु । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्टमाथि सनसनीपूर्ण जित दर्ता गरेको छ । आज भएको पहिलो खेलमा विराटनगरले जनकपुरलाई नौ रनले हराउँदै महत्वपूर्ण अंक हात पारेको हो ।

पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३५ रन बनायो । टोलीका लागि लोकेश बमले ३८, शुभम रञ्जानेले ३७ र वसिर अहमदले ३६ रनको उल्लेखनीय योगदान दिए । मार्टिल गप्टिलले १३ तथा जर्ज मन्सीले १० रन जोडे ।

बलिङतर्फ जनकपुरका संगीत कुर्रे र रुपेश सिंहले दुई–दुई विकेट लिए भने आदित्य महताले एक विकेट हात पारे ।

१३६ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको जनकपुर बोल्टले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो । टोलीका लागि निकोल लोफ्टी इटनले सर्वाधिक ४१ रन बनाए भने लाहिरु मिलन्थाले २३, सञ्जय कृष्णमूतीले २० र आसिफ शेखले १३ रनको योगदान दिए । अन्य ब्याटर भने दोहोरो अंकमा पुग्न असफल रहे ।

विराटनगरका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै जनकपुरको रन प्रवाह रोके । सन्दीप लामिछानेले प्रभावशाली बलिङ गर्दै चार विकेट लिए । सूर्य तामाङले दुई विकेट हात पारे भने शुभम रञ्जाने र मर्चेन्ट डि लांगेले एक–एक विकेट योगदान दिए ।

आजै लिगको अर्को खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुँदैछन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ८, सोमबार ०९:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP