मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओलीको प्रहार: “असंवैधानिक हाहु सरकारसँग एमाले कहिल्यै नझुक्ने”

2.2K
SHARES
ओलीको प्रहार: “असंवैधानिक हाहु सरकारसँग एमाले कहिल्यै नझुक्ने”

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालको अन्तरिम सरकारलाई असंवैधानिक, प्रतिगामी र ‘हाहुमा बनेको’ सरकारको संज्ञा दिएका छन् । शुक्रबार एमाले शिक्षा तथा मानवस्रोत विभागले आयोजना गरेको कार्यक्रममा उनले जेन–जी आन्दोलनपछि बनेको सरकारले संविधान मिचेर सत्ता कब्जा गरेको आरोप लगाए ।

ओलीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्न तयार भएको तथ्यलाई नै संविधानविपरीतको कदम भएको उल्लेख गर्दै भने, “संविधानको आत्मा तोडेर बनाइएको सरकार दीर्घकालीन हुँदैन । यस्तो अभ्यासले राज्य संयन्त्रलाई अस्थिर बनाउँछ ।”

एमाले अध्यक्ष ओलीले हालका राजनीतिक घटनाक्रमलाई ‘विध्वंस र अराजकतामा रमाउने प्रवृत्ति’को परिणति भने । उनका अनुसार, भदौ २३–२४ का घटनाले ‘प्रतिगामी मानसिकता’ उजागर गरेको भए पनि ती शक्तिसँग इतिहास र जनसमर्थनको बल छैन ।

उनी भन्छन्, “तोडफोड, आगजनी र आतंकको आडमा बनेको सरकारले जनताको भावनाको प्रतिनिधित्व गर्दैन । एमाले क्षणिक अराजकता वा भीडको दबाबमा कहिल्यै झुक्दैन ।”

ओलीले व्यङ्ग्यात्मक शैलीमा हालको सरकारको वैधानिकता प्रश्न गरे । उनले ‘डिस्कर्ड’मार्फत भोटिङ गरी सरकार निर्माण गरिएको कुरा सुन्दा हाँसो आउने बताए । “२–३ हजार केटाकेटी जम्मा भएर मतदान गरेको रे ! त्यो मतपत्र कस्तो थियो— रेजा लगाएको कि अमेरिकाजस्तै प्वाल पारिएको ?” भन्दै उनले ठट्यौलीपूर्ण रूपमा भनाइ राखे ।

उनका अनुसार, लोकतान्त्रिक प्रणालीमा ‘अनलाइन सर्वे’ र ‘भर्चुअल भोटिङ’ले वैधानिकता पाउँदैन । उनले यस्तो अभ्यासलाई संविधानको खिल्ली उडाउने खेल भने ।

ओलीले हालको सरकार संविधान, लोकतन्त्र र सङ्घीय संसदसँग नै वैरभाव राख्ने प्रवृत्तिको भएको बताए । उनले भने, “संविधानको मर्म र जनमतलाई बेवास्ता गरेर बनाइएको सरकार संविधानको पक्षमा कहिल्यै उभिन सक्दैन ।”

उनका अनुसार, मुलुक अहिले ‘संविधानको रक्षक’ र ‘विध्वंसको प्रयोगकर्ता’ बीचको संघर्षको मोडमा पुगेको छ । उनले विपत्तिको बेला पनि धैर्य र अनुशासनको अभ्यास गर्न सबैलाई आह्वान गरे ।

“एमालेले विगतका सबै आन्दोलनमा अग्रपंक्तिबाट नेतृत्व गरेको छ । हामीले हरेक संकटबाट देशलाई निकालेका छौं, यसपटक पनि समाजलाई पछाडि फर्कन दिने छैनौं,” उनले दृढता व्यक्त गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २१, शुक्रबार १०:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP