मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मालिका पूर्णिमा पर्वमा मुसिकोटमा सार्वजनिक बिदा घोषणा

936
SHARES
मालिका पूर्णिमा पर्वमा मुसिकोटमा सार्वजनिक बिदा घोषणा

गुल्मी । बैकुण्ठ चतुर्दशी अर्थात् मालिका पूर्णिमा पर्वको अवसरमा गुल्मीको मुसिकोट नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस पर्वमा स्थानीयस्तरमा बिशेष कार्यक्रम आयोजना हुने भएकाले बिदा घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश घिमिरेका अनुसार आज नगर क्षेत्रअन्तर्गतका सबै वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था र अन्य सार्वजनिक निकायहरू बन्द रहनेछन् ।

सदीयौंदेखि कुर्घामा लाग्दै आएको मालिका मेला
मुसिकोट–५ कुर्घास्थित मालिका देवी मन्दिर परिसरमा हरेक वर्ष जस्तै यस वर्ष पनि परम्परागत रूपमा मेला लाग्दैछ । यहाँ “मालिका देवीको दर्शन गरी चिच्याएर वर माग्ने” प्रथा सदियौँदेखि चल्दै आएको छ ।

यस धार्मिक पर्वमा गुल्मी मात्र नभई बाग्लुङ, अर्घाखाँची लगायतका छिमेकी जिल्लाबाट समेत भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ । बिहानैदेखि तीर्थालुहरू देवीको दर्शन र पूजाअर्चनका लागि कुर्घा पुगिरहेका छन् ।

जागराम र दीपदानको परम्परा
मालिका पूर्णिमा पर्वमा भक्तजनहरूले व्रत बस्ने, वली चढाउने, दीपदान गर्ने र देवीको आराधना गर्ने चलन रहिआएको छ । स्थानीय परम्पराअनुसार आज रातभर जागराम बसेर भोलि बिहान उज्यालो हुनुअघि पूजा गर्ने प्रचलन रहेको छ ।

मालिका पूर्णिमा गुल्मी जिल्लाका महत्वपूर्ण धार्मिक पर्वमध्ये एक हो, जसले स्थानीय समुदायबीच आस्था, एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने विश्वास गरिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १८, मंगलवार ०५:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP