मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाली फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षक बने खड्का

3.3K
SHARES
नेपाली फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षक बने खड्का

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले नयाँ मुख्य प्रशिक्षक पाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हरि खड्कालाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

एन्फाले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै खड्कालाई आगामी एफसी एसियन कप २०२७ क्वालिफायरका लागि मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । एन्फाको कार्यकारिणी समितिको निर्णयअनुसार खड्काले तुरुन्तै टोलीको जिम्मेवारी सम्हाल्नेछन् ।

यसअघि गत फागुनमा नियुक्त भएका अष्ट्रेलियन प्रशिक्षक म्याट रोसले एक वर्ष पूरा नहुँदै बिहीबार राजीनामा दिएका थिए । रोसको राजीनामापछि एन्फाले तत्काल नयाँ प्रशिक्षक खोजी प्रक्रिया सुरु गरेको थियो । अनुभव, उपलब्धता र राष्ट्रिय स्तरमा गरेको योगदानका आधारमा हरि खड्का अन्ततः रोजिएका हुन् ।

पूर्व राष्ट्रिय खेलाडी रहेका हरि खड्का लामो समयदेखि नेपाली फुटबलमा सक्रिय छन् । उनले क्लब फुटबलमा प्रशिक्षकको रूपमा सफलता हासिल गरिसकेका छन् । खड्काले राष्ट्रिय टोलीका लागि खेल्दै गर्दा स्ट्राइकरको भूमिकामा उत्कृष्ट प्रदर्शन गरेका थिए । पछिल्ला वर्षहरूमा उनी युवा र महिला फुटबल विकासमा पनि संलग्न रहँदै आएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १४, शुक्रबार ११:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP