मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बीपी राजमार्गमा रातिको सवारी रोक, प्रशासनले जारी गर्‍यो चेतावनी

2.3K
SHARES
बीपी राजमार्गमा रातिको सवारी रोक, प्रशासनले जारी गर्‍यो चेतावनी

काभ्रेपलाञ्चोक । निरन्तर वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि बीपी राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

काभ्रेपलाञ्चोक र सिन्धुली दुवै जिल्लाका प्रशासन कार्यालयहरूले बिहीबार छुट्टाछुट्टै सूचना जारी गर्दै रातिको समयमा राजमार्ग बन्द रहने जानकारी दिएका हुन् ।

काभ्रे प्रशासनका अनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म काभ्रेभञ्ज्याङदेखि सिन्धुली खण्डसम्म सवारी सञ्चालन निषेध गरिएको हो ।

प्रशासनले रोशी खोला र स्थानीय खहरे खोलाहरूमा पानीको बहाव बढेको उल्लेख गर्दै अन्य समयमा पनि बाढी आएमा प्रहरी वा ट्राफिक प्रहरीले सवारी रोक्न सक्ने जनाएको छ ।

सिन्धुली प्रशासनले पनि १३ र १४ कात्तिकमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म खुर्कोट बजारदेखि काठमाडौंतर्फ सवारी आवागमन रोक्ने निर्णय गरेको छ ।

दिउँसो भारी वर्षा भएमा पनि सुरक्षाकर्मीले जोखिमका आधारमा सवारी सञ्चालन रोक्न सक्ने व्यवस्था गरिएको प्रशासनको विज्ञप्तिमा उल्लेख छ ।

वर्षाको कारण राजमार्गका विभिन्न भागमा बाढीको जोखिम देखिएकाले यात्रु र चालकहरूलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १३, बिहीबार १०:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP