मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दै

2.6K
SHARES
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्न लागेको हो ।

गत असोज २८ गतेदेखि सुरु भएको बैठकमा भदौ २३ र २४ गतेका जेनजी आन्दोलन, अन्तरिम सरकार गठन, प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति र त्यसमा कांग्रेसको भूमिकाबारे केन्द्रित छलफल हुँदै आएको छ ।

आजको बैठकमा पार्टीको आसन्न १५औँ महाधिवेशनबारे विस्तृत छलफल हुने जनाइएको छ । सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ । यस सन्दर्भमा पार्टीको नियमित महाधिवेशन गर्ने वा नगर्ने भन्ने विषयमा लगातार चर्चा हुँदै आएको छ ।

यदि नियमित महाधिवेशन समयमै हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान समेत सञ्चालन गरेका थिए । उक्त अभियानमा करिब ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको जनाइएको छ ।

यसअघि असोज २८ गते सुरु भएको बैठकमा पार्टी सभापति देउवाले स्वास्थ्य अवस्थाका कारण उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । त्यसयता खड्काको सभापतित्वमा बैठकहरू सञ्चालन हुँदै आएका छन् ।

तिहार र छठ पर्वका कारण स्थगित भएको बैठक कात्तिक १ गते अन्तिम पटक बसेको थियो । सो बैठकले पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गरी अर्को बैठक आजका लागि तोकेको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १३, बिहीबार ००:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP