मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बंगालको खाडीमा चक्रवात ‘मोन्था’ सक्रिय, बिहीबारदेखि नेपालमा पनि प्रभाव

2.2K
SHARES
बंगालको खाडीमा चक्रवात ‘मोन्था’ सक्रिय, बिहीबारदेखि नेपालमा पनि प्रभाव

काठमाडौं । बंगालको खाडीमा बनेको चक्रवात ‘मोन्था’ आज (मंगलबार) थप शक्तिशाली बन्दै गम्भीर चक्रवाती आँधीमा परिणत हुने भारतीय मौसम विभागले जनाएको छ ।

विभागका अनुसार उक्त चक्रवात आज बेलुका वा राततिर आन्ध्र प्रदेशको काकिनाडा, मछलीपट्टनम र कलिंगपट्टनमको बीचको तट क्षेत्र पार गर्ने सम्भावना छ । त्यसबेला हावाको गति प्रतिघण्टा ९० देखि १०० किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

चक्रवातको प्रभावले आन्ध्र प्रदेश र तमिलनाडुका केही भागमा भारी वर्षा हुन सक्ने बताइएको छ । यस्तै, ओडिशा र महाराष्ट्रको विदर्भ क्षेत्रमा पनि २८ देखि ३० अक्टोबरबीच मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको भारतीय मौसम विभागले उल्लेख गरेको छ ।

मौसमविद्हरूका अनुसार ‘मोन्था’को प्रभाव नेपालमा पनि देखिनेछ । बंगालको खाडीबाट विकसित यो प्रणाली केही दिनमै पूर्वी नेपाल प्रवेश गर्नेछ र बिहीबारदेखि कोशी प्रदेश, मधेश हुँदै मध्य नेपालसम्म प्रभाव पर्ने पूर्वानुमान गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ११, मंगलवार ०५:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP