मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर बदली, गण्डकी र उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

2.6K
SHARES
देशभर बदली, गण्डकी र उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असर नेपालमा देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणालीको प्रभावले अहिले देशभर सामान्यतः बदली रहेको छ भने गण्डकी र बागमती प्रदेशका केही स्थानमा छिटपुट वर्षा भइरहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी भूभागमा सामान्य बदली रहनेछ । तराईका क्षेत्रहरूमा भने आंशिक बदली मात्र हुने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । साथै, बाँकी प्रदेशका पहाडी तथा हिमाली भागमा पनि छिटफुट वर्षा र हिमपात हुन सक्छ । विशेषगरी गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षासहित हिमपात हुने सम्भावना रहेको छ ।

आज राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली मात्र रहनेछ । गण्डकी प्रदेशका केही स्थानहरूमा, साथै बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागमा मध्यम वर्षा र हिमपातको सम्भावना रहन्छ ।

महाशाखाले गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रहरूमा भारी वर्षासहित हिमपात हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ । भारी वर्षा र हिमपातका कारण ती क्षेत्रका दैनिक जनजीवन, कृषि, पर्यटन र पर्वतारोहण गतिविधिमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ११, मंगलवार ००:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP