मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खिजीदेम्बा खुल्ला फुटबल कप–२०८२ कात्तिक १८ देखि

7.5K
SHARES
खिजीदेम्बा खुल्ला फुटबल कप–२०८२ कात्तिक १८ देखि

खिजीफलाटे (ओखलढुंगा) । पवित्र युवा क्लबको आयोजनामा खिजीदेम्बा खुल्ला फुटबल कप–२०८२ दोस्रो संस्करण आगामी कात्तिक १८ गतेदेखि खिजीदेम्बा–३ स्थित खिजीचण्डेश्वरी खेलमैदानमा सुरु हुने भएको छ । प्रतियोगिता कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ ।

आयोजक क्लबका अन्जन सुनुवारका अनुसार प्रतियोगिताका लागि टिम दर्ता कात्तिक १७ गते बिहान १० बजेभित्र गर्नुपर्नेछ । टाइसिट प्रकाशन सोही दिन अपरान्ह २ः०० बजे गरिनेछ ।

प्रतियोगिता खिजीदेम्बा गाउँपालिकाको मुख्य प्रायोजन र वडा नं. ३ कार्यालयको सह–प्रायोजनमा सञ्चालन हुँदैछ ।

पुरुषतर्फको विजेता टोलीले १ लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाण–पत्र पाउनेछ । सेमिफाइनलमा पुग्ने टोलीहरूलाई ४० हजार रुपैयाँका दरले नगद प्रदान गरिनेछ ।

टिम दर्ता शुल्क ५ हजार रुपैयाँ र कार्ड धरौटी ३ हजार रुपैयाँ तोकिएको छ । खेल ९–ए साइडमा लिग–कम–नकआउट प्रणालीमा खेलाइनेछ । प्रत्येक टोलीमा वैकल्पिक खेलाडीसहित १३ जना खेलाडी, कोच र म्यानेजर मिलाएर १५ जना सदस्य राख्नुपर्नेछ । खेलको अन्तिम निर्णय रेफ्री तथा निर्णायक मण्डलको हुनेछ ।

त्यस्तै महिलातर्फ वडास्तरीय खुला प्रतियोगिता पनि आयोजना हुने भएको छ । महिलातर्फको खेल कात्तिक २५ र २५ गते सञ्चालन हुनेछ । महिला टोलीमा अन्य वडाका तीन खेलाडीसम्म समावेश गर्न सकिने व्यवस्था गरिएको छ ।

महिला विजेता टोलीले ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाण–पत्र पाउनेछ भने उपविजेताले ३० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । सेमिफाइनलिस्ट टोलीहरूलाई १५ हजार रुपैयाँ दिइनेछ ।

महिलातर्फ टीम दर्ता शुल्क १ हजार रुपैयाँ र कार्ड धरौटी १५ सय रुपैयाँ निर्धारण गरिएको सुनुवारले जानकारी दिए ।

महिला र पुरुष दुबै समूहमा उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्ता एक/एक जना खेलाडीलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।

 



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १०, सोमबार १२:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP