मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः तीनको मृत्यु, ६ जना घाइते

4K
SHARES
सोलुखुम्बुमा बोलेरो दुर्घटनाः तीनको मृत्यु, ६ जना घाइते

काठमाडौं । सोलुखुम्बुमा भएको बोलेरो दुर्घटनामा तीन जनाको मृत्यु र छ जना घाइते भएका छन् । दुर्घटना बिहीबार साँझ करिब साढे ७ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङतर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए ।

प्रहरीका अनुसार बोलेरो गाडी माप्य दूधकोशी गाउँपालिका–६ र ७ को सिमानामा पर्ने भिरकुनाबाट करिब ४ सय मिटर तल खसेको थियो । मृतक र घाइतेको पहिचान भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

प्रारम्भिक अनुसन्धानअनुसार, गाडी खुम्बुबाट महाकुलुङतर्फ यात्रु लिन माप्य पुगेको र फर्किने क्रममा दुर्घटनामा परेको हो ।

घाइते सबैजनालाई राति नै वाकु अस्पताल लगिएको र उनीहरूको उपचार भइरहेको डीएसपी कुँवरले बताए ।

प्रहरीले घटनाको थप अनुसन्धान थालेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ७, शुक्रबार ००:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP