मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री कार्कीको आह्वान : दुष्प्रचारविरुद्ध कलाकारको भूमिका जरुरी

4.4K
SHARES
प्रधानमन्त्री कार्कीको आह्वान : दुष्प्रचारविरुद्ध कलाकारको भूमिका जरुरी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जालमा भइरहेका दुष्प्रचारहरूमाथि सचेत रहँदै कलाकारहरूलाई सशक्त भूमिका खेल्न आग्रह गरेकी छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा कलाकारहरूसँगको भेटघाटमा प्रधानमन्त्री कार्कीले वर्तमान परिस्थितिमा सबैको साथ र सकारात्मक सहयोग आवश्यक भएको बताउँदै समाजमा कलाकारहरूको प्रभावकारी उपस्थिति महत्त्वपूर्ण रहेको उल्लेख गरिन् ।

“समाजमा तपाईंहरू कलाकारहरूको ठूलो प्रभाव छ,” उनले भनिन्, “हामीसँग कमजोरीहरू हुन सक्छन्, ती औँल्याइदिनुहोस् । तर निहित स्वार्थमा गरिएको गालीप्रति डर छैन । हामी उद्देश्यमा स्पष्ट छौं ।”

कार्यक्रममा सहभागी कलाकारहरूले सरकारप्रति विश्वास व्यक्त गर्दै गलत सूचना, भ्रामक प्रचार र राजनीतिक प्रपञ्चसँग नडराई अघि बढ्न सुझाव दिए ।

अभिनेत्री ऋचा शर्माले भनिन्, “अब के हुन्छ भन्ने अनिश्चिततामा हजुर नेतृत्वमा आउनुभएको छ भन्नेमा हामी ढुक्क छौं । सरल र स्पष्टवक्ता शैलीले हामीमा भरोसा जागेको छ ।”

अभिनेता विपिन कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालको अडानप्रति समर्थन जनाउँदै भने, “सरकार डराएको छैन भन्ने अनुभूति भएको छ । सरकार अझ दरिलो देखियोस् भन्ने चाहना छ ।”

त्यस्तै, अभिनेता निश्चल बस्नेतले सरकार सकारात्मक ढंगले अघि बढिरहेको जनाउँदै राष्ट्रिय एकता र सकारात्मकताको खाँचो रहेको उल्लेख गरे । “सरकार सही बाटोमा छ भन्ने लागेको छ भने ढुक्क भएर अघि बढ्नुस्, हामी साथमा छौं,” उनले भने ।

संगीतकार कालीप्रसाद बाँस्कोटाले सामाजिक सञ्जाल र प्रचारमाध्यममार्फत समाजलाई भड्काउने प्रयास तीव्र देखिएको भन्दै त्यसविरुद्ध सचेत रहन सबैलाई आग्रह गरे । “समाजलाई सम्हाल्नुपर्ने बेला हो, भड्काउने होइन,” उनले चेतावनी दिए ।

कलाकारहरूले देशको अस्थिरता चाहनेहरू विरुद्ध व्यापक एकता आवश्यक रहेको भन्दै सरकारलाई सकारात्मक समर्थन जनाएका थिए ।

कार्यक्रममा विजय बराल, सुजित बिडारी, शान बस्न्यात, दिव्यदेव पन्त, कर्म लगायतका कलाकार तथा सर्जकहरूको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री कार्की हाल देशको पहिलो महिला प्रधानमन्त्रीका रूपमा कार्यरत छन्, जसले विगतमा प्रधानन्यायाधीशको जिम्मेवारी समेत सम्हालेकी थिइन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ५, बुधबार १४:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP