मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गायिका नितुको निधनपछि गायक गिरीविरुद्ध जाहेरी, आत्महत्यामा दुरुत्साहनको आरोप

3.1K
SHARES
गायिका नितुको निधनपछि गायक गिरीविरुद्ध जाहेरी, आत्महत्यामा दुरुत्साहनको आरोप

काठमाडौं । गायिका नितु पौडेलको निधनपछि उनको परिवारले गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै प्रहरीमा जाहेरी दर्ता गरेको छ ।

काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार नितुकी दाइको तर्फबाट दर्ता गरिएको जाहेरीमा गायक गिरीले लामो समयदेखि मानसिक र भावनात्मक रूपमा नितुलाई दबाबमा राखेको र सोही कारणले उनले आत्मदाहको प्रयास गरेको उल्लेख छ ।

गत शनिबार पौडेलले गिरीकै स्टुडियोभित्र आफूमा आगो लगाएकी थिइन् । तत्काल उद्धार गरिएपछि उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो, तर गम्भीर चोटका कारण उनको आज बिहान निधन भएको हो ।

प्रहरीले घटनापछि नै गिरीलाई नियन्त्रणमा लिएर बयान लिएको बुझिएको छ । प्रारम्भिक अनुसन्धानमा दुवैबीच व्यक्तिगत र पेशागत विवाद रहेको आशंका गरिएको छ । तथापि, प्रहरीले हालसम्म कुनै ठोस निष्कर्ष ननिकालेको र अनुसन्धानलाई थप गहिर्याउने जनाएको छ ।

पौडेल नेपाली संगीत क्षेत्रमा आफ्नो मिठो स्वर र भावनात्मक गीतका कारण परिचित थिइन् । उनी पछिल्ला वर्षमा विभिन्न लोक तथा आधुनिक गीत रेकर्डिङमा सक्रिय थिइन् । उनका साथी र सहकर्मीहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिँदै उनको मृत्यु ‘संगीत जगतका लागि ठूलो क्षति’ भएको प्रतिक्रिया दिएका छन् ।

प्रहरीले पोस्टमार्टम रिपोर्ट र डिजिटल प्रमाणका आधारमा घटनाको कारण र जिम्मेवारी निर्धारण गर्ने कार्य अगाडि बढाइरहेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ७, शुक्रबार ०९:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP