मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेसको केन्द्रीय समिति बैठक असोज २८ मा सारियो, महाधिवेशनबारे निर्णय अझै अलमलमा

2.8K
SHARES
कांग्रेसको केन्द्रीय समिति बैठक असोज २८ मा सारियो, महाधिवेशनबारे निर्णय अझै अलमलमा

काठमाडौं । नेपाली कांग्रेसले असोज २६ गतेदेखि बस्ने भनिएको केन्द्रीय कार्य समितिको बैठक दुई दिन पछि सारिएको छ । पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले महाधिवेशनको मिति लगायतका विषयमा निष्कर्षमा पुग्न नसकेकोले बैठक सारिएको हो ।

पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार अब केन्द्रीय समितिको बैठक असोज २८ गते बस्नेछ । “महाधिवेशन कहिले गर्न सक्छौं भन्ने विषयमा वृहत्तर छलफल भयो,” बैठकपछि महतले बताए, “हामी सबै चाहन्छौं अधिवेशन छोटो समयमा होस्, तर व्यवहारिक समय के हुन सक्छ भन्नेमा निष्कर्षमा पुग्न सकेका छैनौं ।”

महाधिवेशन विधिसम्मत र सबैको सहभागितामा गर्नुपर्ने आवश्यकता रहेको भन्दै नेताहरूबीच छलफल जारी छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने र त्यो सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर, ठोस सहमति नजुटेपछि नेताहरूले थप छलफलका लागि बैठक सार्ने सहमति जनाएका हुन् ।

ललितपुरको सानेपास्थित आगजनीग्रस्त केन्द्रीय कार्यालयमा बिहीबारदेखि सुरु भएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति शेरबहादुर देउवा अनुपस्थित रहे भने बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका थिए ।

पार्टी नेतृत्वले चाँडै निष्कर्ष निकालेर बैठक समापन गर्ने र पार्टीलाई एकजुट बनाउँदै पूर्णरुपमा परिचालन गर्ने तयारी गरिरहेको बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २५, शनिबार १५:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP