मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चार जना डीआईजी एआईजीमा बढुवा सिफारिस

2.7K
SHARES
चार जना डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीको जनपद समूह अन्तर्गत रिक्त रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई बढुवाका लागि सिफारिस गरेको छ ।

बढुवा समितिको सचिवालयले आइतबार एक सूचना प्रकाशित गर्दै चार वटा एआईजी पदमा चार जना डीआईजीहरूको नाम सिफारिस गरिएको जानकारी दिएको हो । रिक्त पद पूर्ति गर्न समितिले योग्यता, अनुभव र कार्यसम्पादन मूल्यांकनको आधारमा बढुवा सिफारिस गरेको जनाएको छ ।

सिफारिस सूचीअनुसार एआईजी पदका लागि डीआईजी सुशीलकुमार राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बर कुमार बिकको नाम समावेश गरिएको छ । ती सबै जनपद समूहका वरिष्ठ र अनुभवी अधिकृतहरू हुन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १२, आईतवार १४:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP