मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विगतका भ्रष्टाचारबारे सरकारलाई प्रष्ट जानकारी, दोषीविरुद्ध कारबाही हुन्छ: प्रधानमन्त्री कार्की

2.2K
SHARES
विगतका भ्रष्टाचारबारे सरकारलाई प्रष्ट जानकारी, दोषीविरुद्ध कारबाही हुन्छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठन भएको छोटो अवधिमै विगतमा भएका भ्रष्टाचारका घटनाबारे स्पष्ट जानकारी प्राप्त भएको बताएकी छिन् ।

बिहीबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै उनले भ्रष्टाचारसम्बन्धी छानबिनलाई सरकारको प्रमुख प्राथमिकता बनाइने स्पष्ट पारिन् । उनका अनुसार, आवश्यक अनुसन्धानपछि दोषीमाथि कानुनअनुसार कठोर कारबाही अघि बढाइनेछ ।

प्रधानमन्त्री कार्कीले भनिन्, “वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सन्दर्भमा यो छोटो समयमा प्रष्ट जानकारी पाइसकेको छ । यसको आवश्यक छानबिन गरी दोषीलाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउनेछ ।”

उनले भ्रष्टाचारविरुद्धको अभियानलाई केवल नारा मात्र नभई व्यवहारमा परिणत गरिने प्रतिवद्धता पनि जनाइन् । उनका अनुसार, सुशासन र पारदर्शितामार्फत मात्र लोकतान्त्रिक प्रणालीलाई सबल बनाउन सकिन्छ ।

त्यस्तै, कार्कीले भ्रष्टाचारविरुद्धको अभियानलाई दीर्घकालीन बनाउने उद्देश्यले सरकारी निकायमा उत्तरदायित्व र जवाफदेहिताको संस्कृतिलाई संस्थागत गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, “सार्वजनिक पद धारण गर्ने जो कोही पनि कानुनभन्दा माथि हुन सक्दैन, त्यसैले गलत गर्ने व्यक्तिलाई कुनै पनि हालतमा उन्मुक्ति दिइने छैन ।”

प्रधानमन्त्रीले छानबिन प्रक्रियामा कुनै राजनीतिक दबाब वा हस्तक्षेप सह्य नहुने चेतावनी दिँदै न्यायिक संस्थासँगको समन्वयलाई अझ मजबुत बनाउन आवश्यक पहल थालिएको पनि उल्लेख गरिन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ९, बिहीबार १३:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP