मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशमा रहेका नेपालीलाई पनि मतदानको तयारीबारे छलफल: प्रधानमन्त्री कार्की

1.7K
SHARES
विदेशमा रहेका नेपालीलाई पनि मतदानको तयारीबारे छलफल: प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले देशभित्र मात्र नभई रोजगारी वा बसोबासका कारण विदेशमा रहेका नेपालीलाई समेत आगामी निर्वाचनमा सहभागी गराउने विषयमा छलफल भइरहेको बताएकी छन् ।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेबारे निर्वाचन आयोगसँग निरन्तर परामर्श भइरहेको जानकारी दिइन् ।

कार्कीले जनप्रतिनिधि छनोटको अवसर सबैले पाउनुपर्ने भन्दै आगामी २१ फागुनमा तोकिएको निर्वाचनमा उत्साहका साथ भाग लिन नेपालीहरूलाई आह्वान गरिन् । उनका अनुसार, १८ वर्ष उमेर पूरा गरेका युवालाई मताधिकार सुनिश्चित गर्न अध्यादेशमार्फत आवश्यक कानुनी व्यवस्था भइसकेको छ ।

त्यस्तै, उनले जेनजी आन्दोलनका क्रममा गोली लागेर ज्यान गुमाएका विद्यार्थी तथा युवाहरूको बलिदानलाई न्याय दिने प्रतिबद्धता दोहोर्याइन् ।

आन्दोलनकारीमाथि गोली चलाउन संलग्न जो कोहीमाथि पनि कठोर कारबाही हुने स्पष्ट सन्देश उनले दिइन् ।

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र लोकतान्त्रिक मूल्यको संरक्षण सरकारको प्राथमिकता रहेको उल्लेख गरिन् । स्वतन्त्र र निष्पक्ष निर्वाचन नै मुलुकलाई निकास दिने मार्ग भएको उनको भनाइ थियो । साथै उनले निर्वाचन तयारी तीव्र गतिमा भइरहेको पनि प्रष्ट्याइन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ९, बिहीबार १२:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP