मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रदर्शनपछि भाटभटेनीका १२ स्टोर अझै बन्द, कर्मचारीको जागिर सुरक्षित

1.5K
SHARES
प्रदर्शनपछि भाटभटेनीका १२ स्टोर अझै बन्द, कर्मचारीको जागिर सुरक्षित

काठमाडौं । भदौ २४ गतेको प्रदर्शनमा तोडफोड, चोरी–डकैती र आगजनीको मारमा परेका भाटभटेनी सुपरस्टोरका १२ वटा शाखा अझै सञ्चालनमा आउन सकेका छैनन् । तर, यति ठूलो क्षति भए पनि कुनै पनि कर्मचारीले जागिर तथा सेवा–सुविधा गुमाउन नपर्ने भाटभटेनी सुपरस्टोरले स्पष्ट पारेको छ ।

हाल भाटभटेनीमा १० हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । प्रदर्शनका क्रममा केन्द्रीय कार्यालयसहित २८ मध्ये १२ वटा स्टोरमा आगजनी गरी पूर्ण क्षति पुर्याइएको थियो । त्यस्तै, ९ वटा शाखामा तोडफोड र चोरी–डकैती भए पनि ७ वटामा कुनै क्षति पुगेको थिएन ।

अहिलेसम्म भाटभटेनीले १६ वटा शाखा पुनः सञ्चालनमा ल्याइसकेको छ भने बाँकी १२ वटा अस्थायी रूपमा बन्द छन् । बन्द रहेका शाखाका कर्मचारीलाई अन्य सञ्चालनमा रहेका सुपरस्टोरमा काममा खटाइएको प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए ।

कम्पनीका अनुसार भाटभटेनी सुपरस्टोरले वार्षिक झण्डै ३७ अर्ब रुपैयाँ बराबरको व्यापार गर्दै आएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ३, शुक्रबार १०:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP