मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सिंहदरबार परिसरका जलेका सवारीसाधन हटाउन मन्त्री घिसिङको निर्देशन

1.6K
SHARES
सिंहदरबार परिसरका जलेका सवारीसाधन हटाउन मन्त्री घिसिङको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा जलेका सवारीसाधन तत्काल हटाएर व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

मन्त्री घिसिङको सचिवालयका अनुसार जलेका सवारीसाधनले सिंहदरबारको स्वरूप कुरुप देखिएकाले ती सवारीसाधनलाई अन्यत्र सारेर व्यवस्थापन गर्न आजै निर्देशन दिइएको हो ।

“कार्यालयलाई थोत्रो देखाएर राख्नुभएन। भित्री भागमा काम भइरहला तर बाहिरी भागलाई कुरुप हुन दिनुभएन । क्षति पुगेका सवारीसाधन छरपस्ट देखिएका छन्, अब सकारात्मक सन्देश दिन तत्काल हटाएर व्यवस्थापन गरौँ,” मन्त्री घिसिङले भनेका छन् ।

उनले आगलागीबाट आंशिक क्षति भएका भवनका बाहिरी भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालय परिसरमा जलेका सवारीसाधन तुरुन्त हटाउने र क्षतिको मूल्याङ्कन छिट्टै गर्ने कार्यमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

साथै, ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीको सहयोग संकलन गरी पुनर्निर्माण सुरु गरिने उनले स्पष्ट पारे ।

यसैबीच, सहरी विकास मन्त्रालयले मातहतका संरचनामा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १, बुधबार ०७:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP