मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर आज बदलीसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

2.8K
SHARES
देशभर आज बदलीसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहँदा देशभर मौसमी प्रणाली सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरब सागर र बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव समेत देखिएकाले आज दिउँसो र राति देशभर मौसम बदली रहनेछ ।

महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । यस्तै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

आज राति पनि देशभर साधारणतया बदली रहनेछ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने बताइएको छ ।

मौसम विभागले पहिरो, बाढी र खोला–नालाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । यात्रु, कृषक तथा सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३१, मंगलवार ००:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP