मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा विघटन, फागुन २१ मा निर्वाचन घोषणा

2.8K
SHARES
प्रतिनिधिसभा विघटन, फागुन २१ मा निर्वाचन घोषणा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका छन् । शुक्रबार राति प्रधानमन्त्री पदको शपथग्रहण लगत्तै कार्कीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्, जुन सिफारिस राष्ट्रपति पौडेलले तत्काल सदर गरेका हुन् ।

राष्ट्रपति कार्यालयले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै राति ११ः०० बजेदेखि प्रतिनिधिसभा विघटनको निर्णय लागू भएको जनाएको छ । संविधान बमोजिम अन्तरिम सरकारको नेतृत्वमा आगामी निर्वाचन सम्पन्न गराउने उद्देश्यसहित कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको हो ।

आगामी फागुन २१ गते नयाँ निर्वाचन
प्रतिनिधिसभा विघटनसँगै राष्ट्रपति पौडेलले आगामी फागुन २१ गते नयाँ प्रतिनिधिसभा निर्वाचनको मिति तोक्ने घोषणा समेत गरेका छन् । यो घोषणा निर्वाचन आयोग र संवैधानिक प्रक्रियासँग समन्वय गरेर गरिएको जनाइएको छ ।

प्रधानमन्त्री कार्कीलाई अन्तरिम सरकार प्रमुखका रूपमा ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउने जिम्मेवारी दिइएको छ । उनीमाथि निष्पक्ष, पारदर्शी र समावेशी निर्वाचन गराउने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २८, शनिबार ००:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP