मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर १३ हजारभन्दा बढी कैदी फरार, अझै ११ हजारभन्दा बढी बेपत्ता

1.7K
SHARES
देशभर १३ हजारभन्दा बढी कैदी फरार, अझै ११ हजारभन्दा बढी बेपत्ता

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका कारागार तथा बाल सुधार गृहबाट १३ हजार ११४ कैदीबन्दी फरार भएका मध्ये १ हजार २९८ जना मात्रै नियन्त्रणमा आएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार अझै ११ हजार ८६८ जना कैदीबन्दी फरार रहेका छन् । फरार हुने क्रममा ९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

इन्सेकका अनुसार आन्दोलन सुरु हुनु अघि जेल तथा सुधारगृहमा १६ हजार ७९७ कैदीबन्दी रहेका थिए । हालसम्म ४ हजार ८९५ मात्र कैदमा रहेको तथ्यांकले देखाएको छ ।

३५ जिल्लाका कारागार तथा बाल सुधार गृहमा यस्तो अवस्था देखिएको हो । ती जिल्लाबाट इन्सेकका प्रतिनिधिहरूले संकलन गरेको विवरणका आधारमा विस्तृत रिपोर्ट सार्वजनिक गरिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २७, शुक्रबार ११:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP