मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाए

1.2K
SHARES
प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । एक मन्त्रीका अनुसार बैठक आज साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।

बैठकमा राजधानीमा चर्किँदै गएको जेनजी आन्दोलन, प्रदर्शनमा भएको मृत्युदर र कर्फ्यु आदेश प्रभावकारी नदेखिएको अवस्थाबारे गम्भीर छलफल हुने जनाइएको छ ।

काठमाडौंमा जारी प्रदर्शनका क्रममा अहिलेसम्म कम्तीमा ६ जनाको मृत्यु भइसकेको छ भने कैयौं घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यद्यपि, प्रशासनले बारम्बार शान्त रहन र घरबाहिर ननिस्कन आग्रह गरे पनि प्रदर्शनकारीहरूको भीड संसद् भवन वरिपरि अझै ठूलो संख्यामा देखिएको छ । प्रहरीले अश्रुग्यास, रबरको गोली र पानीको फोहोरा प्रयोग गरेर भीड नियन्त्रणमा लिने प्रयास जारी राखेको छ ।

बैठकपछि सरकारले आन्दोलन र सुरक्षाको अवस्थाबारे औपचारिक धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २३, सोमबार ०९:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP