मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर आंशिकदेखि साधारण बदली, कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

1K
SHARES
देशभर आंशिकदेखि साधारण बदली, कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानमा र पश्चिमी क्षेत्रमा सरदरभन्दा दक्षिणतिर सरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभावस्वरूप देशभर हाल आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो देशको पहाडी भूभागमा साधारण बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी क्षेत्रका केही स्थानहरूमा र तराई क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

विशेष गरी कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक(दुई स्थानहरूमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।

आज राति कोशी, मधेस र बागमती प्रदेशको पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

तीनवटै प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा र बाँकी पहाड तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एक(दुई स्थानहरूमा भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ ।

भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै पहाडी तथा नदी किनारका बासिन्दाहरूलाई सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ । विशेष गरी कोशी र बागमती प्रदेशमा यात्रारत तथा खेतीपातीमा संलग्न नागरिकहरूलाई सतर्क रहन अनुरोध गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २३, सोमबार ००:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP