मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेन–जेडले काठमाडौंमा प्रदर्शनको घोषणा: भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध आवाज

3K
SHARES
जेन–जेडले काठमाडौंमा प्रदर्शनको घोषणा: भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध आवाज

काठमाडौं । सन् १९९० देखि २०१० बीच जन्मिएका जेन–जेड (Gen-Z) पुस्ताले सोमबार काठमाडौंमा प्रदर्शन गर्न लागेका छन् ।

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध उनीहरूले भदौ २३ गते बिहान ११ बजे माइतीघर मण्डलमा प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।

विद्यार्थी पोशाक लगाएर, परिचय पत्रसहित, कम्तीमा एउटा किताब र एफ–फोर साइजको खाली कागज लिएर सहभागी हुन भनिएको छ । यो प्रदर्शन विषयमा टिकटकमा ट्रेण्ड नै चलेको छ ।

जेन–जेडले ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारी लगायतका विषयमा आवाज उठाउने योजना बनाएका छन् । उनीहरूको माग छ— देशमा सुशासन र रोजगारी सिर्जनाको वातावरण सुनिश्चित होस् ।

साथै उनीहरूले सामाजिक सञ्जालमा नेताहरू र उनीहरूको छोराछोरीको जीवनशैलीप्रति पनि आलोचना गर्ने बताएका छन् । नेपालमा अन्य सामाजिक सञ्जाल बन्द रहँदा पनि टिकटक र भाइबर सञ्चालनमा रहेकाले यो विषयमा विरोध भइरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २२, आईतवार ०८:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP