मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वामानुमानः कोशी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

1.2K
SHARES
मौसम पूर्वामानुमानः कोशी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखा हाल पूर्वी क्षेत्रमा सरदर स्थानमा छ भने पश्चिमी क्षेत्रमा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ। सिक्किम आसपासको न्यूनचापीय क्षेत्रको प्रभावका कारण पाल्पाको पूर्वी भू-भागमा असर परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली रहन सक्छ । बाँकी भू-भागमा आंशिक बदली रहने सम्भावना छ ।

देशका पहाडी क्षेत्रका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ । कोशी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ ।

त्यस्तै आज राति कोशी प्रदेश र मधेश प्रदेशसहित देशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । अन्य भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी पहाड तथा तराई क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ ।

कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ ।

कोशी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २२, आईतवार ००:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP