मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चीनको विजय दिवसमा ट्रम्पको प्रहारः ‘पुटिन र किम अमेरिकाविरुद्ध षड्यन्त्रमा’

1.6K
SHARES
चीनको विजय दिवसमा ट्रम्पको प्रहारः ‘पुटिन र किम अमेरिकाविरुद्ध षड्यन्त्रमा’

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको ८०औँ विजय दिवसका अवसरमा आयोजित सैन्य परेडमा सहभागी भएका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनविरुद्ध आरोप लगाएका छन् ।

ट्रम्पले दुवै नेतामाथि ‘अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेको’ आरोप लगाउँदै सामाजिक सञ्जाल ट्रुथ सोसल मा पोस्ट गरेका छन्— ‘कृपया भ्लादिमिर पुटिन र किम जोङ उनलाई मेरो न्यानो अभिवादन भनिदिनुहोस् । उनीहरू दुवै अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेका छन् ।’

यससँगै ट्रम्पले राष्ट्रपति सी जिनपिङले चीनको स्वतन्त्रताका लागि अमेरिकाले गरेको योगदानलाई स्मरण गर्ने अपेक्षा पनि व्यक्त गरेका छन् ।

उनले थप लेखेका छन्, ‘चीनको विजयका लागि धेरैजना अमेरिकी मरे । मलाई आशा छ— उनीहरूको बहादुरी र बलिदानलाई उचित रूपमा सम्मान र सम्झना गरिनेछ ।’



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १८, बुधबार ०५:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP