मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पूर्वप्रदेश प्रमुख अहिराजलाई थुनामा पठाउने जिल्लाको आदेश उच्च अदालतबाट सदर

2.1K
SHARES
पूर्वप्रदेश प्रमुख अहिराजलाई थुनामा पठाउने जिल्लाको आदेश उच्च अदालतबाट सदर

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेझ झा (राजेश अहिराज) लाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालत पाटनले सदर गरेको छ ।

मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश यथावत् राख्दै अहिराजको पुर्पक्ष थुनाको फैसला कायम गरेको हो ।

०८१ जेठ ४ गते काठमाडौंस्थित डेरामा एक महिलामाथि बलात्कार गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरी अनुसन्धानपश्चात् सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

गत साउन ४ गते पक्राउ परेका अहिराजलाई साउन १४ गते न्यायाधीश पिताम्बर शर्माको इजलासले थुनामा पठाउने आदेश दिएको थियो । त्यसविरुद्ध उनी उच्च अदालत पुगेका थिए ।

तर, उच्च अदालतले जिल्ला अदालतको निर्णय सदर गरेसँगै अहिराज डिल्लीबजार कारागारमै रहने भएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १२, बिहीबार १४:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP