मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

१८ देखि ३५ वर्षसम्मलाई ‘युवा’ मान्ने नीति स्वीकृत

1.9K
SHARES
१८ देखि ३५ वर्षसम्मलाई ‘युवा’ मान्ने नीति स्वीकृत

काठमाडौं । सरकारले युवाको उमेर अब १८ देखि ३५ वर्षसम्म कायम गर्ने निर्णय गरेको छ । हालै मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय युवा नीति–२०८२’ स्वीकृत गरेसँगै यो व्यवस्था लागू भएको हो ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अन्तर्गत १६ देखि ४० वर्षलाई युवा मानिन्थ्यो । नयाँ नीतिमा भने नेपालकै सामाजिक–आर्थिक सन्दर्भलाई ध्यानमा राखी १८–३५ वर्षलाई मात्रै युवा परिभाषित गरिएको छ ।

२०७८ सालको जनगणना अनुसार १६–४० वर्ष उमेर समूहको जनसंख्या ४२.५६ प्रतिशत थियो । बस्नेतले नयाँ नीतिअनुसार १८–३५ वर्षको जनसंख्या पुनः गणना गर्न आग्रह गरिएको जानकारी दिए ।

बालबालिकासम्बन्धी ऐनले १८ वर्षमुनिलाई बालबालक मानेको छ । त्यसैले १८ वर्षपछि मात्रै युवा सुरुआत हुने तर्क गरिएको हो ।
यद्यपि ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ मा अझै पनि १६–४० वर्षलाई युवा भनिएको छ । बस्नेतले नयाँ नीति कार्यान्वयनका लागि ऐन संशोधन आवश्यक रहेको बताए ।

संयुक्त राष्ट्रसंघले १५–२४ वर्षलाई युवा परिभाषित गरेको छ भने भारतमा पनि यही मान्यता छ । तर नेपालले आफ्नै आवश्यकता र परिस्थिति अनुसार उमेर सीमा पुनः परिभाषित गरेको हो ।

युवा नीति हरेक पाँच वर्षमा संशोधन गर्नुपर्ने व्यवस्था भए पनि यो पटक १० वर्षपछि मात्र नयाँ नीति ल्याइएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १२, बिहीबार ०९:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP