मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टप इन्ड टी–२० सिरिज : नेपाल र पाकिस्तान आमनेसामने, नेपाललाई जित्नैपर्ने दबाब

1.8K
SHARES
टप इन्ड टी–२० सिरिज : नेपाल र पाकिस्तान आमनेसामने, नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा शुक्रबार नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

सिरिज अन्तर्गत समूह चरणको अन्तिम अर्थात् छैटौं खेलमा नेपालले पाकिस्तान शाहिन्ससँग भिड्नेछ । खेल नेपाली समयअनुसार शुक्रबार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

नेपालले सिरिजमा हालसम्म पाँच खेल खेलेको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको थियो । दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनको हार व्यहोरेको थियो । तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले हारेको थियो ।

चौथो र पाँचौ खेलमा भने नेपालले उत्कृष्ट कमब्याक गर्दै जित निकाल्न सफल भयो । चौथो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराउदा पाँचौं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनको जित निकालेको थियो ।

यससँगै नेपालले दुई खेलमा जित निकाल्दा तीन खेलमा हार व्यहोरेको छ ।

सिरिजमा सहभागी ११ टिममध्ये नेपाल हाल अंक तालिकाको सातौं स्थानमा छ । नेपालसँग ४ अंक रहेको छ ।

पाकिस्तानसँग ६ अंक छ र तालिकाको दोस्रो स्थानमा रहेको छ ।

यदि नेपालले पाकिस्तानलाई पराजित गर्‍यो भने मात्र गणितीय रूपमा सेमिफाइनल प्रवेशको सम्भावना जीवित रहनेछ । पराजित भए नेपाल समूहचरणमै बाहिरिनेछ ।

समूहका शीर्ष चार टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । त्यसैले नेपाललाई आजको खेल जित्नैपर्ने स्थिति छ ।

नेपाली टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेसकुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ६, शुक्रबार ०६:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP