मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विद्यालय शिक्षा विधेयक समितिबाट पारित, माओवादी, रास्वपा र राप्रपाको विमति

1.3K
SHARES
विद्यालय शिक्षा विधेयक समितिबाट पारित, माओवादी, रास्वपा र राप्रपाको विमति

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पारित गरेको छ ।

आज बसेको समितिको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को असहमति हुँदाहुँदै पनि विधेयक पारित गरिएको हो ।

लामो समयदेखि उपसमिति र समितिमा लगातार छलफल हुँदै आएको सो विधेयक अब प्रतिनिधिसभाको पूर्ण बैठकमा प्रस्तुत गरिनेछ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई समेट्ने र आवश्यक संशोधन गर्ने उद्देश्यले तयार पारिएको विधेयक अन्ततः बहुमतका आधारमा पारित भएको हो ।

माओवादी केन्द्रले भने विधेयकमा आफ्ना प्रमुख सुझाव नसमेटिएको भन्दै पाँच बुँदे फरक मत समितिमा दर्ता गराएको छ । सांसद देवेन्द्र पौडेल, महिन्द्र राय यादव, रेखा शर्मा र ज्ञानु बस्नेत सुवेदीले शिक्षामा सुधारका लागि प्रस्तुत गरेका प्रस्तावहरू उपेक्षा भएको भन्दै आपत्ति जनाएका हुन् ।

यस्तै, रास्वपाकी सांसद सुमना श्रेष्ठ र राप्रपाकी सांसद विना जयसवालले पनि विधेयकप्रति असहमति जनाउँदै फरक मत राखेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ५, बिहीबार १३:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP