मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जनता नै सार्वभौम र देशका असल मालिक: देउवा

2.2K
SHARES
जनता नै सार्वभौम र देशका असल मालिक: देउवा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा जनता भन्दा ठूलो कोही नभएको स्पष्ट पारेका छन् ।

बुधबार काठमाडौंमा आयोजित स्वर्गीय प्रदीप गिरीको स्मृति सभामा सम्बोधन गर्दै उनले आफू जनताले जिताएर पठाएकै कारण प्रधानमन्त्री बन्न सफल भएको बताएका हुन् । लामो राजनीतिक यात्रामा आफू ‘सिर्जनात्मक आलोचना’को पक्षधर रहेको उल्लेख गर्दै देउवाले भने, “धेरै नेता मेरो विपक्षमा लाग्नुभयो, डडेलधुराबाट हार्छ भनियो, तर आखिर जनताले जिताइदिनुभयो ।”

उनले जनता नै सार्वभौम र देशका असल मालिक भएको स्मरण गराउँदै सबैलाई जनताको सेवा गर्न आह्वान गरे । “जनता सबैभन्दा महत्वपूर्ण हुन्छन्, त्यसैले त जनतालाई सार्वभौम सम्पन्न भनेका छौँ,” देउवाले भने, “सबैले जनताको हितमा काम गर्नुपर्छ ।”

देउवाले आफू प्रत्यक्ष निर्वाचनमै प्रतिस्पर्धा गर्दै आएको र अहिलेसम्म कहिल्यै पराजित नभएको दाबीसमेत गरे । पार्टीका सांसद लगायत सबै तहको सहयोगले नै आफू प्रधानमन्त्री बन्न सफल भएको उल्लेख गर्दै उनले भने, “सौभाग्यले सबै निर्वाचन जित्दै आएका छु, पार्टीका सांसद र सबैले साथ दिएपछि प्रधानमन्त्री बन्न पाएँ ।”



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ४, बुधबार १२:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP